‘एमाले र कांग्रेसको सहमति शान्ति प्रक्रिया उल्ट्याउने खेल’
उनले संविधानबारे सरोकारवालाहरुसँगको छलफल वा परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा षड्यन्त्रपूर्वक संविधान शंसोधन गर्ने कुरा उठाइरहेको बताए।
काठमाडौं, असार १० : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले र कांग्रेसले मध्यरातमा संविधान शंसोधनको गर्ने सहमति गरेर मुलुकलाई प्रतिगमनको दिशातिर लगेको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानबारे सरोकारवालाहरुसँगको छलफल वा परामर्शको प्रक्रियाबाट गएर संविधान संशोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा षड्यन्त्रपूर्वक संविधान शंसोधन गर्ने कुरा उठाइरहेको बताए।
‘मध्यरातमा कांग्रेस र एमालेकोबीचमा सरकार गठनको भएको सहमति नेपालको राजनीतिक इतिहासमा एउटा परिघटना हो। यसलाई समग्रतामा प्रतिगमनको दिशातिर अघि बढीरहेको भन्ने थाहा हुन्छ,’ उनले भने, ‘संविधानका सरोकारवालासँग छलफल परामर्शको प्रक्रियाबाट गएर संविधान शंसोधनको दिशाबाट जानुको सट्टामा मध्यरातमा अदृश्य रुपमा षड्यन्त्रकारी ढंगले अघि बढ्नु सान्दर्भिक होइन।’
शान्ति प्रक्रिया पश्चात प्राप्त गरेका उपलब्धीहरुलाई नै निशाना गरेर त्यसलाई उल्ट्याउने कोणबाट संविधान संसोधनको चर्चा भएको उनको भनाइ छ।
महासचिव गुरुङले वर्तमान उपलब्धी उल्टाएर ०४७ सालको संविधानको दिशामा लान खोजेको त होइन भन्दै आशंका व्यक्त गरे।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)