रविमाथि महामन्त्री ढाकालको आरोप– मौरीसँग उड्न मन छ, झिँगासँग होइन्, तपाईं झिँगासँग उड्न थाल्नुभयो
प्रतिवेदनमा लेखिएको छ, ‘राजनेता बन्नु पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन। तपाईंको गाडीको सिसा कालो भइसक्यो सभापतिज्यू, समीक्षा गर्नुहोस्।’
काठमाडौं, असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने राजनेता बन्न नसकेको बताउँदै गलत बाटो समातेको आरोप लगाएका छन्।
उनले आफ्नो इच्छा मौरीसँग उड्ने भए पनि सभापति झिँगासँग उड्न थालेको आरोप समेत महामन्त्री ढकालको प्रतिवेदनमा लगाइएको छ। प्रतिवेदनमा उल्लेख छ, ‘झिँगासँग उड्यो भने ‘गू’मा पुगिन्छ, मौरीसँग उड्यो भने ‘मह’मा । मलाई मौरीसँग उन मन छ, झिँगासँग होइन्,’ प्रस्तावमा उनले भनेका छन्, ‘हजुर झिँगासँग उड्न थालेको होकि भन्ने महसूस भइरहेको। मौरीसँग उडौं, जनतालाई मह खुवाऔं।’
महामन्त्री ढकालले रास्वपामा संस्कारको प्रश्न पनि उठाएका छन्। लामिछानेको आलोचना सुन्न नसक्ने चरित्र सच्याउन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ। आफूलाई चुप लगाउन सके पनि जनतालाई नसक्ने हुँदा बेलैमा सच्चिन तयार हुनुपर्ने भनाई ढकालको छ।
‘साथीहरूलाई लाग्न सक्छ सभापति सक्किने भन्ने तँ को हो रु पार्टी सक्किन्छ भन्ने तँ को होरु मलाई त चुप लगाउन सक्नुहोला, तर जनतालाईरु यी प्रश्न मेरा हुन् कि जनताका, आफैँ मूल्यांकन गर्नुहोस्,’ ढकालले भनेका छन्।
महामन्त्री ढकालले सय दिनमा पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउने अभियान सञ्चालन गर्नुपर्ने समेत बताएका छन्। उनले ‘रवि’ को पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने रु भन्ने सय दिने प्रस्ताव पेस गरेका छन्।
त्यसका लागि दुई हप्ता तयारी गर्ने, सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ।
महामन्त्री ढकालले गाडीको सिसा कालो भएको भनेर सांकेतिक रूपमा रविको छवि धुुमिल भएको प्रसङ्ग समेत उठाएका छन्।
प्रतिवेदनमा लेखिएको छ, ‘राजनेता बन्नु पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन। तपाईंको गाडीको सिसा कालो भइसक्यो सभापतिज्यू, समीक्षा गर्नुहोस्।’
ढकालले २०८९ को चुनावसम्म कुनै पनि लाभको पद अर्थात् सांसद, मन्त्री वा कुनै पनि प्रकारको सरकारी लाभमा नबस्ने घोषणा समेत गरेका छन्। ढकालले सभापतिले बोलेका सबै कुराको रेकर्ड राखेर उत्तर दिने परिपार्टीको समेत माग गरेका छन्।
‘यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरुको अभिलेखिकरणका लागि। अरुले बोलेका कुराहरु मलाई मतलब छैन, मलाई तपाईंले बोेलेका कुराहरु मतलब छन् । हिजो किन बोल्नुभयो रु बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो। रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछिमात्रै बोल्नुहोला,’ उनले भनेका छन् ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)