Kathmandu Press

४ जिपिए ल्याएका मरासिनी एसईईमा जिल्ला टप, डाक्टर बन्ने सपना

त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयबाट एसईई परिक्षा दिएका मरासिनीले ४ जिपिए ल्याउँदै जिल्ला टप गरेका हुन्। देशभरिमै ४ जिपिए ल्याउने १८६ जना मध्ये स्याङ्जाका मरासिनी एक मात्र विद्यार्थी हुन्।
४ जिपिए ल्याएका मरासिनी एसईईमा जिल्ला टप, डाक्टर बन्ने सपना

स्याङ्जा, असार १९ : स्याङ्जाकाे पुतलीबजार नगरपालिका–३ मुख्याथरका सुसान्त मरासिनीले एसईई जिल्ला टप गरेका छन्।

त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयबाट एसईई परिक्षा दिएका मरासिनीले ४ जिपिए ल्याउँदै जिल्ला टप गरेका हुन्। देशभरिमै ४ जिपिए ल्याउने १८६ जना मध्ये स्याङ्जाका मरासिनी एक मात्र विद्यार्थी हुन्।

Hardik ivf

नर्सरीदेखि ५ कक्षा सम्म रोशनी आवशिय माविमा अध्ययन गरेका मरासिनी कक्षा ६ मा जिल्लाकै नमुना विद्यालय त्रिभुवन आदर्श नमुना माविमा भर्ना भएका थिए।

एसईईमा ५२ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भइरहँदा सुसान्त भने सर्वोत्कृष्ट ग्रेड ल्याएर पास भएका हुन्। देशकै शैक्षिकस्थिति खस्किरहेको भनेर बहस भइरहेको समयमा सुसान्त भने आफ्ना गुरुहरुको र आफ्नो लगातारको मेहेनतबाट यो नतिजा हात परेको बताउँछन्।

भविष्यमा डाक्टर बन्ने लक्ष्य मरासिनीको छ। त्यसको मेहनत गर्ने उनले बताएका छन्।

आफ्नो विद्यालयबाट सर्वाधिक जिपिएसहित उत्तीर्ण हुनु विद्यालयको लागि मात्र नभई समग्र देशकै लागि गौरबको कुरा भएको विद्यालयका प्रधानाध्यापक मुक्ति रेग्मी बताउँछन्।

‘हाम्रो लागि गौरबको यो गौरवीय इतिहास बनेको छ, यो सबै विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको सहकार्यले सम्भव भएको हो, उनले भने ।

प्रकाशित मिति: १४:२७ बजे, बुधबार, असार १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्