‘बैठक लाइभ हुँदैन्, महामन्त्रीको प्रस्तावमाथि पर्याप्त छलफल हुन्छ’
बुधबार रास्वपा केन्द्रीय बैठक पश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्विकार गरेको बताए।-1719995803.png)
काठमाडौं, असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन्।
बुधबार रास्वपा केन्द्रीय बैठक पश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्विकार गरेको बताए।
‘प्रतिवेदन वाचन भएको छ, त्यसमाथि छलफल हुन्छ। केही रोकिएको छैन्। तर लाइभको कुरा अलिक भिन्न छ । राजनीतिमा रुपमा धेरै कुराहरु संवेदनशिल हुन्छन्। भूराजनीतिक सम्बन्धी कुराहरु साथै व्यक्तिगत स्टेट्मेन्ट हुनसक्छन्,’ उनले भने, यस्ता कुराहरुको जोखिम हामी मोल्न सक्दैनौं। पहिला छलफल गरौं अनि मात्र लाइभ गरौं भनेर राजनीतिक र व्यवहारिक रुपमा हेरेका हौं। सभापतिले त्यसमा सहमति जनाउनु भएपनि त्यो उहाँको व्यक्तिगत कुरा हो। प्रस्तावमाथि भने केन्द्रीय समितिमा छलफल हुन्छ।’
उनले पार्टीमा कुनै पनि प्रकारको गुटबन्दी नभएको भन्दै आवश्यक समय दिएर महामन्त्रीको प्रतिवेदनमाथि छलफल हुने बताए। उनले कुनैपनि प्रतिवेदन एकैपटक अभ्यासमा ल्याउन नसकिने बताए।
उनले भने, ‘बैठकमा हामीले एउटा मात्र एजेण्डामा छलफल गरिरहेका छौं, त्यो महामन्त्रीको प्रतिवेदन हो। प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन एकैपटकमा अभ्यासमा ल्याउन सकिँदैन्,’ उनले भने, ‘तर अरु पार्टीभन्दा रास्वपाको महामन्त्री के कुरामा भाग्यमानी हुनुहुन्छ भने विधान, राजनीतिक प्रस्तावना सबै उहाँले नै लेख्नु भएको हो र उहाँले नै अभ्यास गर्नु भएको छ। हामी गुटबन्दीमा पनि छैनौं।’









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)