रास्वपा महामन्त्री ढकालले मुखमा टेप टालेपछि बुर्लाकोटीले प्रस्तुत गरे प्रतिवेदन
रास्वपा सभापति रवि लामिछानेले आफुलाई प्रत्यक्ष प्रसारण गर्न समस्या नभएको भन्दै पार्टीका अरु पदाधिकारी र सदस्यको प्रतिक्रियाका आधारमा प्रत्यक्ष प्रसारण नगर्ने बताएका थिए।
काठमाडौं, असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले मुखमा टेप टालेपछि उनले तयार पारेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेश गरेका छन्।
रास्वपा बैठकको प्रत्यक्ष प्रसारण नहुने भए आफू नबोल्ने बताउँदै महामन्त्री ढकालले मुखमा टेप टाँसेर बैठकमा उपस्थित भएका थिए।
रास्वपा सभापति रवि लामिछानेले आफुलाई प्रत्यक्ष प्रसारण गर्न समस्या नभएको भन्दै पार्टीका अरु पदाधिकारी र सदस्यको प्रतिक्रियाका आधारमा प्रत्यक्ष प्रसारण नगर्ने बताएका थिए।
महामनत्री ढकालले प्रत्यक्ष प्रसारण गर्न नदिने कार्यले अभिव्यक्ति स्वतन्त्रता हनन् भएको बताउँदै नबोल्ने अडान लिएपछि सहमहामन्त्री बुर्लाकोटीले प्रतिवेदन बाचन गरेका हुन्।
बुर्लाकोटीले महामन्त्री ढकालले लेखेको ३३ पेज लामो प्रतिवेदन पढेर सुनाएका छन्। उक्त समीक्षा प्रतिवेदन उपर धारणा राख्न केन्द्रीय सदस्यहरुलाई ५–५ मिनेट समय निर्धारण गरिएको छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)