Kathmandu Press

रास्वपाले महासचिव डा. मुकुल ढकाललाई केन्द्रिय समितिमा लिखित प्रस्ताव राख्नै दिएन

महासचिव ढकालले भने, ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन।’
रास्वपाले महासचिव डा. मुकुल ढकाललाई केन्द्रिय समितिमा लिखित प्रस्ताव राख्नै दिएन

काठमाडौं, आसोज १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रिय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई लिखिति प्रस्ताव पेश गर्न रोकिएको छ।

सचिवलायले बैठकले आफूलाई केन्द्रिय समितिमा प्रस्ताव पेश गर्न अनुमति दिए पनि बुधाबारको केन्द्रिय समिति बैठकम प्रस्ताव पेश गर्न रोक लगाइएको महासचिव ढकालले बताए।

Hardik ivf

रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने प्रस्तावमा लेखिएपछि रविले प्रस्ताव पेश गर्न रोकेको उनले बताए। महासचिव ढकालले भने, ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन।’

बैठकमा महासचिव ढकाल मास्कमाथि क्रस गरेर कालो टेप लगाएर उपस्थित भएका थियो। बैठक लाइभ गर्नुपर्ने आफ्नो मागको सुनुवाई नभएपछि उसले मुखमा कालो टेप लगाएका हुन्।

प्रकाशित मिति: १२:३० बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्