केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भए रास्वपा महामन्त्री ढकाल
बैठक लाइभ गर्नुपर्ने आफ्नो मागको सुनुनवाई नभएको विरोधमा ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका हुन्।
काठमाडौं, असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ।
पार्टी कार्यालयमा जारी बैठकमा महामन्त्री मुकुल ढकाल भने मुखमा कालो टेप लगाएर उपस्थित भएका छन्। बैठक लाइभ गर्नुपर्ने आफ्नो मागको सुनुनवाई नभएको विरोधमा ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका हुन्।
बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका ढकालले मुखमा मास्क र मास्क बाहिर क्रस गरेर टेप लगाएका छन्।
आजको बैठकमा महासचिव ढकालकै छलफलमाथि हुने कार्यसूची छ। ढकालले केहीअघि मात्र सो प्रतिवेदन सपभाति रवि लामिछानेलाई बुझाएका थिए।
प्रकाशित मिति: ११:०३ बजे, बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)