Kathmandu Press

अष्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क एकैपटक दोब्बर बढ्याे

जुलाई १ बाटै कार्यान्वयनमा आएको भिसा शुल्क अनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्नेछ।
अष्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क एकैपटक दोब्बर बढ्याे

काठमाडौं, असार १९ : अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुले तिर्नु पर्ने भिसा शुल्कमा अत्याधिक बृद्धि गरेको छ।

जुलाई १ बाटै कार्यान्वयनमा आएको भिसा शुल्क अनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्नेछ।

यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेका हुन्। अब यसको असर नेपाली विद्यार्थीमा पनि पर्नेछ।

गत वर्ष नेपालबाट १ लाख बढी विद्यार्थीहरुले गत वर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलिया पुगेका छन्।

यो संख्या यसबर्ष पनि थप बढ्ने भएकाले करोडौं रकम नेपाली विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जानका लागि भिसा प्राप्त गर्नका लागि खर्च गर्ने छन्। उक्त रकम भिसा प्राप्त नभएमा फिर्ता पनि हुनेछै ।  

नयाँ प्रणालीपछि अस्ट्रेलियामा विद्यार्थी भिसा लिन अमेरिका र क्यानडाभन्दा महँगो भएको छ। हाल शुल्क अमेरिकामा १८५ डलर र क्यानडामा १५० क्यानेडियन डलर छ।

अष्ट्रेलियाका शीर्ष अनुसन्धान विश्वविद्यालयहरू (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न लगायत)को प्रतिनिधित्व गर्ने समूह अफ एटले यसमा निराशा ब्यक्त गरेको छ।

 

प्रकाशित मिति: १०:५२ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्