सभापति देउवा र अध्यक्ष नेपालबीच भेट
अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले बताए।
काठमाडौं, असार १८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले बताए।
सभापति देउवाले नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी दिँदै त्यसमा सामेल हुन प्रस्ताव गरेको उनले बताए।
अध्यक्ष नेपालले सभापति देउवाद्वारा प्रस्तुत प्रस्तावमाथि पार्टीमा छलफल गरेर जानकारी दिने बताएको उनले जनाए।
प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)