देशैभर मनसुन सक्रिय, केही जिल्लामा बाढी-पहिरोकाे जाेखिम
महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग तथा सीमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो।(2)-1719926078.jpg)
काठमाडौं, असार १८ : देशभर मनसुन सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारसम्म मनसुन थप सक्रिय हुनेछ ।मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो।
महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग तथा सीमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो।
असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
ताप्लेजुङ, भोजपुर, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, ते¥हथुम, सुनसरी, सिराह, म्याग्दी, प्यूठान, पाल्पा, सल्यान, बाजुरालगातका जिल्लामा अवीरल बर्षा भइरहेको छ।
केही स्थानमा पहिरो खसेको छ । त्यस्तै कैलाली र वारामा चट्याङले सामान्य क्षति पुर्याएको छ।
मनसुन अवधिमा देशभर साधारणयतादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश, कर्णालीर सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित भारी वर्षा भइरहेको छ।
मनसुन सक्रिय रहेको अवधिभर कोशी, गण्डकी र लुम्बिनी एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन्।
यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन्।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)