रविविरुद्धको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’मा
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा बहश नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
काठमाडौं, असार १८ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा मंगलबार पनि सुनुवाई नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
अर्को सुनुवाई बुधबार हुने भएको छ। बहश सकिए संभवतः सोही दिन फैसला आउने सम्भावना छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा बहश नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई सफाई दिने गरी थमाएको पत्र अवैध रहेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।
सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध जाहेरी परेको अवस्थामा गृहमन्त्रीबाट राजिनामा दिई छानविन अघि बढाउनुपर्ने दाबी रिटमा गरिएको छ।
यसअघि सर्वोच्चले पोखराको सूर्यदर्शन सहकारीका पीडितले दर्ता गरेको जाहेरी, लामिछाने मुछिएको रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतमा पेस गरेको अभियोग पत्र लगायत फाइल झिकाउने आदेश दिएको थियो।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नपरेको बताउँदै पत्र दिएपछि सर्वोच्चमा प्रश्न उठाइएको हो। उक्त रिटमा अन्तिम फैसलाको तयारीमा सर्वोच्च अदालत छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)