Kathmandu Press

समाचार डिलेट गर्ने एफवान सफ्टलाई तत्काल कारबाही गर्न इन्जिनियर एसोसियसनको माग

काठमाडौं, चैत्र २३ : काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार अनाधिकृत रुपमा सिरान टेक्नोलोजी प्रा.लि.ले हटाएको सम्बन्धमा नेपाल ईन्जिनियर्स एशोसिएसनले ....

समाचार डिलेट गर्ने एफवान सफ्टलाई तत्काल कारबाही गर्न इन्जिनियर एसोसियसनको माग

काठमाडौं, चैत्र २३ : काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार अनाधिकृत रुपमा सिरान टेक्नोलोजी प्रा.लि.ले हटाएको सम्बन्धमा नेपाल ईन्जिनियर्स एशोसिएसनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शनिवार एक बिज्ञप्ती जारी गर्दै एशोसिएसनले कानुनी राज्य र लोकतन्त्रमाथी आघात पुग्ने गरी नेपाली जनताको सुसूचीत हुन पाउने अधिकारमा बन्देज लगाउने नियतसहित स्वतन्त्र प्रेस माथी हस्तक्षेप भएको भन्दै घटनाको निन्दा गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ,‘ यस घटनामा संलग्न सिरान टेक्नोलोजी सहायक कम्पनी एफवान सफ्ट इनटरनेशनका अध्यक्ष विश्वास ढकाल, प्रमुख कार्यकारी सुवास शर्मा, निर्देशक अस्गर अली उपर छानबिन गरी दोषी उपर हदै सम्मको कारबाही गर्नुहुन जोडदार माग गर्दछौं ।’

आरोपित मध्येका अली प्रधानमन्त्रीको सुचना प्रविधि सल्लाहाकार समेत रहेकाले उनलाई यथाशिघ्र निलम्बन गरी छानबिन प्रक्रियालाई सहज बनाइदिन पनि एशोसिएसनले माग समेत  गरेको छ । 

‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता !’ शिर्षकको बुधबार काठमाडौं प्रेसमा प्रकाशित समाचार अनधिकृत रुपमा सिरानटेकले हटाएको थियो। 

प्रकाशित मिति: ०८:५० बजे, आइतबार, चैत २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्