Kathmandu Press

विपक्षी दलका नेताहरूसँग कांग्रेस सभापति देउवाले गरे सहकार्यको आग्रह

नेकपा एमालेसँगसत्ता सहकार्य गरेर अघि बढ्ने समझदारी बनेपछि पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मंगलबार विपक्षी दलका नेताहरूर्ला छलफलमा आमन्त्रण गरेका थिए।
विपक्षी दलका नेताहरूसँग कांग्रेस सभापति देउवाले गरे सहकार्यको आग्रह

काठमाडौं, असार १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठवन्धन बाहेक दलका नेताहरूसँग सरकारका लागि सहकार्यको आग्रह गरेका छन्।

मंगलबार साँझ बुढानिलकण्ठस्थित नीजि निवासमा भएको छलफलमा सभापति देउवाले उक्त आग्रह गरेका हुन्।

नेकपा एमालेसँगसत्ता सहकार्य गरेर अघि बढ्ने समझदारी बनेपछि पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मंगलबार विपक्षी दलका नेताहरूर्ला छलफलमा आमन्त्रण गरेका थिए।

छलफलमा कांग्रेस सभापति देउवा सहित कांग्रेसका उपसभापति पूुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सोही पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला लगायत उपस्थित थिए।

छलफलकाक्रममा देउवाले राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको भन्दै सहकार्य गर्न दलका नेताहरुलाई आग्रह गरेका थिए। सभापति देउवाले देश हितका लागि सँगै अघि बढ्नुपर्ने समय आएको भनाई राखेका थिए।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्