Kathmandu Press

पोखरा महानगरपालिकामा अख्तियारको छापा

मनिपाल शिक्षण अस्पताललाई दिएको करोडौं कर छुटको बिषयमा परेको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको जनाइएको छ।
पोखरा महानगरपालिकामा अख्तियारको छापा

कास्की, असार १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पोखरा महानगरको कार्यालयमा छापा मारेको छ।

अख्तियारको पोखरास्थित कार्यालयले महानगरपालिकामा छापा मारेर फाइल र कागजात कब्जामा लिएको छ।

Hardik ivf

मनिपाल शिक्षण अस्पताललाई दिएको करोडौं कर छुटको बिषयमा परेको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको जनाइएको छ।

अनुसन्धानका लागि भन्दै अख्तियारले महानगरका महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

मनिपाललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिइएको दाबीसहित अख्तियारमा उजुरी परेको थियो।

 

प्रकाशित मिति: १७:५० बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्