नक्कली शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीकलाई थुनामा पठाउन आदेश
उक्त प्रकरणमा अदालतले थापाको संलग्नता नरहेको भन्न नसकिने बताउँदै अन्तिम फैसला नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि गर्न पाउने आदेश गरेको हो।
काठमाडौ, असार १८ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने कार्यमा संलग्नताको आरोप लागेका प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएको हो । प्रतीक पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन्।
उक्त प्रकरणमा अदालतले थापाको संलग्नता नरहेको भन्न नसकिने बताउँदै अन्तिम फैसला नहुञ्जेलसम्मका लागि पुर्पक्षका लागि गर्न पाउने आदेश गरेको हो।
थुना आदेशपछि थापालाई अदालतले केन्द्रीय कारागार चलान गरेको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पक्राउ गरिएको हो। एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन्।
प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)