Kathmandu Press

कोरोनाबाट  धेरै अमेरिकीको ज्यान जान सक्ने ट्रम्पको चेतावनी 

काठमाडौं, चेत्र २३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका छन्। शनिबार अमेरिकामा ....

कोरोनाबाट  धेरै अमेरिकीको ज्यान जान सक्ने ट्रम्पको चेतावनी 

काठमाडौं, चेत्र २३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका छन्। शनिबार अमेरिकामा भाइरस संक्रमित संख्या ३ लाख नाघेपछि उनले यस्तो चेतावनी दिएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

‘दुर्भाग्यवश धेरैको ज्यान जान सक्छ’, राष्ट्रपति ट्रम्पले भने, ‘सायद यो साता र आउँदो साताका बीचका दिन सबभन्दा जटिल हुनेछन्।’ हालसम्म अमेरिकामा ८ हजार ४०७ को कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने ३ लाख ८ हजार ८५० मा संक्रमण पुष्टि भइसकेको छ।

चीनको वुहानबाट गत डिसेम्बर अन्तिमदेखि सुरु भएको कोरानाबाट विश्वभर १२ लाख बराबर मानिस संक्रमित भइसकेका छन्। त्यस्तै ६४ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन्।
 

प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, चैत २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्