बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेट
सोमबार राति कांग्रेससँग भएकाे राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिबारे जानकारी गराउन अध्यक्ष ओली बालुवाटार पुगेका हुन्।
काठमाडौं, असार १७ : नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। ओली केही समयअघि बालुवाटार पुगेका हुन्।
सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।
कांग्रेससँगको समझदारीबारे जानकारी गराउन अध्यक्ष ओली बालुवाटार पुगेका हुन्।
आजै एमालेले दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठक पनि केही बेरमा सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।
प्रकाशित मिति: १०:५२ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)