Kathmandu Press

भारतमा एकै दिन ५२९ नयाँ संक्रमित

काठमाडौं, चैत्र २३ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ ....

भारतमा एकै दिन ५२९ नयाँ संक्रमित

काठमाडौं, चैत्र २३ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् ।

कोरोनाका कारण हालसम्म भारतमा ज्यान गुमाउनेको संख्या ८६ रहेको छ । भारतमा एकैदिन ५ सय २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ५८८ पुगेको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् ।

३ हजार २७३ जना उपचाररत छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।

प्रकाशित मिति: ०७:१९ बजे, आइतबार, चैत २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्