बाल यौन दुराचारमा बम्जनलाई १० वर्ष कैदको फैसला
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई १० वर्ष कैदसहित ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।
सर्लाही, असोज १७ : बाल यौन दुरुपयोगमा दोषी ठहर भएका तपस्वी रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला भएको छ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई १० वर्ष कैदसहित ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।
असार १० गते नै बम्जनलाई यायाधीश भण्डारीको इजलाशले बाल यौन दुराचारमा दोषी ठहर भएका थिए।
अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो।
सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन्।
प्रकाशित मिति: १८:२२ बजे, सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)