कांग्रेसले भन्यो– बीआरआई अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको सोमबार बसेको बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो।
काठमाडौं, असार १७ : नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनामा अनुदान मात्र स्वीकार्य हुने अडान लिएको छ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको सोमबार बसेको बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो।
बीआरआई परियोजनामा कांग्रेस नकरात्मक नभए पनि नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने कांग्रेसको धारणा रहेको जनाइएको छ।
अनुदानलाई स्वीकार गर्ने, तर ऋण नलिने बिषयमा कांग्रेस पदाधिकारीविच छलफल भएको थियो।
पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकबाट चीन सरकारलाई अनुदानका लागि आग्रह गर्ने निर्णय भएको छ।
प्रकाशित मिति: १७:४० बजे, सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)