Kathmandu Press

यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : ओली

प्रधानमन्त्री बन्ने चर्चाका बिषयमा संचारकर्मीले राखेका जिज्ञासामा ओलीले भने, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई। यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन।’
यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : ओली

काठमाडौं, असार १७ : नयाँ सत्ता समीकरणको चर्चा भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री नबन्ने बताएका छन्।

संघीय संसद् परिसरमा सञ्चारकर्मीको जिज्ञासामा एमाले नेता ओलीले यस्तो भनाई  राखेका हुन्।

Hardik ivf

ओलीले गत शनिबार पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालकोटमा भेट गरेपछि राजनीतिमा नयाँ तरंग शुरु भएको छ। उनले सञ्चारकर्मीसँग आफूलाई यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताए।

प्रधानमन्त्री बन्ने चर्चाका बिषयमा संचारकर्मीले राखेका जिज्ञासामा ओलीले भने, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई। यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन।’

ओलीले आइतबार र सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरिसकेका छन्।

प्रकाशित मिति: १७:०९ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्