Kathmandu Press

‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी तयारी पूरा

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शान्तिप्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी तयारी पूरा

काठमाडौं, असार १७ : नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा मंगलबार आयोजना गर्न लागेको ‘क्रान्ति देखि शान्तिसम्म’ विषयक फोटो प्रर्दशनीको तयारी पूरा गर्ने भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शान्तिप्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

Hardik ivf

उनले क्रान्तिदेखि शान्तिसम्म विमर्श कायक्रमको पहिलो सेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटैला र एमालेका नेता प्रदीप ज्ञवालीले वक्ताको रुपमा आफ्नो कुरा राख्ने जानकारी दिए।  

‘क्रान्तिदेखि शान्तिसम्म विमर्श कार्यक्रममा छ। त्यसमा वक्ताहरु हुनुहुन्छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौंला र एमाले नेता प्रदीप ज्ञवाली हुनुहुन्छ,’ उनले भने।

उनका अनुसार फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्तिदेखि शान्तिसम्म, समुन्नतीको दोस्रो जग, फोटो पत्रकारिता जोखिम र अनुभव लगायतका विषयमा तीनवटा सेसनमा छुट्टा छुट्टै वक्त्ताहरु बोलाएर विमर्श कार्यक्रम गरिने छ।

प्रकाशित मिति: १७:०६ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्