‘भाषणले मात्र देश समृद्ध हुँदैन्’
उनले यो समस्या समाधान गर्नको लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै मिलेर नै अगाडि बढ्न आवश्यक रहेको बताए।
काठमाडौं, असार १७ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले राजनीति नेतृत्वले भाषण गरेर मात्र वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान नहुने बताएका छन्।
सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औं स्थापना दिवसका अवसरमा आयोजित ३०औं वार्षिक साधारण सभामा उनले यो समस्या समाधान गर्नको लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै मिलेर नै अगाडि बढ्न आवश्यक रहेको बताए।
‘विदेश जानुपर्ने एक पटकको बाध्यता भएपनि फेरि जान नपरोस् । त्यसका लागि अब केही सुरुवात गर्नुपर्छ। एक पटक गएर फर्किएका मानिसमा यो देशमा केही हुदैँन् भन्ने सोचेर विदेश फर्किनु पर्ने बाध्यात्मक अवस्था अन्त्य गर्ने तर्फ नीजि क्षेत्रको मानिस लागेन भने केही हुँदैन्,’ उनले भने, ‘राजनीति नेतृत्वले भाषण गरेर अथवा केही कर्मचारीहरुको आफ्नो प्रयासले मात्र यो सम्भव छैन्। नीजि क्षेत्रले यसमा महत्वपूर्ण भूमिका खेल्नु नै पर्ने हुन्छ। हामी मिलेर नै अगाडि बढ्नुपर्छ।’
यो देश नीजि क्षेत्रको प्रयासले मात्र बन्न सक्ने भन्दै राजनीतिक नेताहरुको भाषणले देश समृद्ध नहुने पनि उनको भनाई छ।
उनले सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायी र सरकार मिलेर काम गर्नुपर्ने बताए।
श्रममन्त्री अर्यालले वैदेशिक रोजगारमा जाने नेपालीहरूबाट दुई खर्बभन्दा बढी रकम उठाएको विषय गम्भीर रूपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)