Kathmandu Press

लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने अध्यक्ष नेपालको चाहना

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उनले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताए।
लोकतान्त्रिक–कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने अध्यक्ष नेपालको चाहना
Hardik ivf

काठमाडौं, असार १७ : नेकपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताएका छन्।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उनले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताए।

बर्षायाममा आयोजित यो महाधिवेशन एक चाड र विशेष परिघटनाका रूपमा रहेको जनाउँदै अध्यक्ष नेपालले एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्