एकीकृत समाजवादीका नेताहरु दुई कित्तामा
खनाल नेतृत्वको अध्यक्षमण्डलले अब नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने भएको छ। एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपालले पुनः दोहोरिने इच्छा राखेका राखेका छन्।
काठमाडौं, असार १७ : नेकपा एकीकृत समाजवादीको दशाैं महाधिवेशन बन्द सत्र सुरु भएको छ।
बन्द सत्रका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा अध्यक्षमण्डल चयन गरिएको छ। केन्द्रीय कार्यसमिति विघटन गरी अध्यक्षमण्डल चयन गरिएको हो।
खनाल नेतृत्वको अध्यक्षमण्डलले अब नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने भएको छ। एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपालले पुनः दोहोरिने इच्छा राखेका राखेका छन्।
यस्तै महासचिव घनश्याम भुसालले पनि पुस्तान्तरणको नारा दिँदै आफुलाई अध्यक्षको दाबेदारका रुपमा प्रश्तुत गरेका छन्। अध्यक्षका लागि सहमतिको प्रयास पनि भइरहेको जनाइएको छ । नेपाल र भुसालको पक्षमा केन्द्रीय तहका नेताहरु खुल्न थालेका छन्।
नेतृत्वका लागि नेपालको पक्षमा नेताहरु वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, प्रमेश हमाल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, गंगालाल तुलाधारलगायत खुलेका छन्।
यस्तै भुसालको पक्षमा घनेन्द्र बस्नेत, डा.विजय पौडेल, प्रकाश ज्वाला, हरि पराजुली, गरिमा शाह, जीवनराम श्रेष्ठ लगायतका नेता छन्। नेतृ रामकुमारी झाँक्री अहिलेसम्म कतै खुलेकी छैनन्।
बन्द सत्रमा सर्वसम्मत नेतृत्वका लागि आवाज उठेको छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)