Kathmandu Press

स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने मन्त्री यादवको दाबी

सरकारबारे बाहिर राजनीतिक हल्ला चलिरहेको भन्दै उनले सरकारको आयुको ग्यारेन्टी नहुने अनि मन्त्रीको के ग्यारेन्टी हुन्छ? भन्द प्रश्न गरे। ‘राजनीतिले मलाई कुनै फरक पर्दैन्।
स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने मन्त्री यादवको दाबी

काठमाडौं, असोज १७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन्।

सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार तयारी भइरहेको बताए।

Hardik ivf

‘करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौं। प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ। उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीबाट यो कुराको पुष्टि भएको छ। ६० हजार मात्र जनशक्ति थप्न पाए नि हुन्छ, काम गर्न पनि सहज हुन्छ। जनशक्ति र उपकरण भएन भने कसरी सेवा दिने?’

मन्त्री यादवले आफूले जे बचन दिएपनि गरेर देखाउने बताए । ‘यसअघिका कुन मन्त्रीले के गर्नुभयो, म त्यसको पछि लाग्दिन । तर म काम गरेर देखाउँछु,’ उनले भने।

सरकारबारे बाहिर राजनीतिक हल्ला चलिरहेको भन्दै उनले सरकारको आयुको ग्यारेन्टी नहुने अनि मन्त्रीको के ग्यारेन्टी हुन्छ? भन्द प्रश्न गरे। ‘राजनीतिले मलाई कुनै फरक पर्दैन्। म काम गर्न आएको हो म जति दिन बस्छु, सुझाव, सल्लाह लिएर काम गर्छु,’ उनले भने।

यतिबेला काम गर्ने समय आएको उल्लेख गर्दै परिणाम नै दिनेगरी र जनतालाई निराश नबनाउनेगरी काम अघि बढाएको उनको दाबी थियो। उनले नेपालको आयुर्वेद क्षेत्र सुस्ताएकोप्रति दुःख व्यक्त गरे।

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्