Kathmandu Press

भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ: गृहमन्त्री

भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ: गृहमन्त्री
Hardik ivf

काठमाडौं, असार १७ः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारीमा रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै उनले भ्रष्टाचारका २५ काण्डको छानविन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन्।

उनले भने, ‘बजेटमा र नीति तथा कार्यक्रममा व्यवस्था भए अनुसार भइरहेको काण्डहरुको मात्र होइन। कुनै पनि कालखण्डमा भएका काण्डहरुमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको छ। त्यसैले कोही पनि बेचैन हुनुपर्दैन।’ 
 

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्