Kathmandu Press

‘गिरिबन्धु टी–स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ’

उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए।
‘गिरिबन्धु टी–स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ’

काठमाडौं, असार १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ सदनबाट पारित गर्ने भनेर रणनीति बनिरहेको बताए।

Hardik ivf

‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयकको अध्यादेश आयो भनेको त गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने अध्यादेश आए छ,’ उनले भने, ‘अगाडिबाट कान समात्नु र पछाडिबाट कान समात्नु उस्तै हो। भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरी गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ यही सदनबाट पारित गर्ने भनेर नीति बनिरहेको छ।’

उनले स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक रहेको पनि बताए।

स्थानीय तहमा अब दलबिहीनको राजनीति आवश्यक छ। हाम्रो छिमेकी मूलुकदेखि बिभिन्न देशहरुमा स्थानीय तहमा दलबिहीन कै राजनीति हुने गर्दछ,’ उनले भने।

 

प्रकाशित मिति: १४:४४ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्