‘विभिन्न भ्रष्टाचार काण्डको छानविन गर्न शक्तिशाली आयोग बन्छ’
‘कुनै पनि कालखण्डमा भएकामध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।
काठमाडौं, असोज १७ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको बताए।
‘कुनै पनि कालखण्डमा भएकामध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’ गृहमन्त्री लामिछानेले भने ।
‘कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै मानिसहरु भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ,’ उनले भने, ‘त्यो आँट, त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं।’
यस्तै, उनले भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको बताउादै अख्तियार लगायतका संस्थाबाट विभिन्न अड्चनले गर्दा आशा गरिएको अनुसार नतिजा प्राप्त गर्न सकेको पनि बताए।
गृहमन्त्री लामिछानेले भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)