ब्रेक सु र इलेक्ट्रोनिक सामानमार्फत ३२ क्विन्टल सुन भयो : सिआईबी
अनुसन्धानका क्रममा ३१९४.६६८ केजी सुन तस्करी भएको पाइएको सीआईबीले जनाएको छ। त्यसमध्ये ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरिएको सिआईबीले जनाएको छ।
काठमाडौं, असार १७ : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ।
अनुसन्धानका क्रममा ३१९४.६६८ केजी सुन तस्करी भएको पाइएको सीआईबीले जनाएको छ। त्यसमध्ये ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरिएको सिआईबीले जनाएको छ।
यो सुन ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको बताइएको छ। सीआईबीले जनाएको छ ।
पक्राउ परेकाविरुद्ध सिआईबीले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन र नेपाल राष्ट्र बैंक ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ।
प्रकाशित मिति: १४:०६ बजे, सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)