कोरोनाविरुद्ध लड्न प्रियंका चोपडाको एक लाख डलर सहयोग
काठमाडौं, चैत २२ : कोरोना भाइरसविरुद्ध लड्न बलिउड अभिनेत्री प्रियंका चोपडाले एक लाख डलर सहयोग गर्ने भएकी छिन्।
प्रियंकाले कोराना भ....

काठमाडौं, चैत २२ : कोरोना भाइरसविरुद्ध लड्न बलिउड अभिनेत्री प्रियंका चोपडाले एक लाख डलर सहयोग गर्ने भएकी छिन्।
प्रियंकाले कोराना भाइरस संक्रमणविरुद्धको लडाइँका लागि एक लाख डलर सहयोगको घोषणा गरेकी हुन्। उनले इन्टाग्राममा लेखेको छिन् ‘कोरोनाविरुद्ध लड्न हामी सबै सँगै हुनेछौँ। यो समयमा सबै क्षेत्र जिम्मेवार भएर लाग्नुपर्छ।’
उनले ह्यासट्याग ‘टुगेदर वुमन राइज’ लेखेर अब हरेक हप्ता प्रेरणादायी महिलाको कथाका साथमा आफू पनि प्रत्यक्ष प्रशारणमा आउने बताएकी छिन्।
प्रियंकाले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबाट बच्न सचेतना फैलाउँदै आएकी छिन्। यसअघि उनले सामाजिक सञ्जालमा सबैलाई सचेत गराउन हात धुुने तरिका सिकाएकी थिइन्।
प्रकाशित मिति: १८:५० बजे, शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












