Kathmandu Press

६० किलो सुन तस्करी प्रकरणमा सिआईबीले सकायो अनुसन्धान, २० प्रतिवादी पक्राउ, २६ जना अझै फरार

५६ दिन लगाएर गरिएको अनुसन्धानपछि सिआईबीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइए छ। सो सुन तस्करी प्रकणमा सिआईले २० प्रतिवादी पक्राउ गरेको छ भने अझै २६ जन फरार रहेको बताइएको छ।
६० किलो सुन तस्करी प्रकरणमा सिआईबीले सकायो अनुसन्धान, २० प्रतिवादी पक्राउ, २६ जना अझै फरार

कामठाडौं, असोज १७ : ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को दोस्रो चरणको अनुसन्धान सकाएको छ।

५६ दिन लगाएर गरिएको अनुसन्धानपछि सिआईबीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइए छ। सो सुन तस्करी प्रकणमा सिआईले २० प्रतिवादी पक्राउ गरेको छ भने अझै २६ जन फरार रहेको बताइएको छ।

Hardik ivf

सिआईबीले सबै आरोपीबाट ३० अर्ब ८२ करोड २२ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।

गत वर्ष साउन २ गते सवारीसाधनको ‘ब्रेक सु’मार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन भन्सार कार्यालय पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो।

पहिलो चरणमा पक्राउ परेकामाथि तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको थियो ।

दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीले भारतका सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश वैटे, प्रशान्त गणेश वजवलकार, वैजनाथ ब्रह्मादत्त गोयल र चिनियाँ नागरिक शेरब ग्याल्मा, राजु भोटेलाई पक्राउ गरेको छ।

यस्तै, नेपाली नागरिक राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रेमनाथ सेढाइँ, कान्छा लामा, भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज शमशेर जबरालाई पक्राउ गरिएको छ।

चिनियाँ नागरिक अथुप्छाङ खम्पा, भारतका सुशील ज्याकिबन्जा, नेपाली कश्यप मानन्धर, लालबहादुर कुँवर, अरुणकुमार यादव, रुपक भण्डारी र मनोज श्रेष्ठ समेत सीआईबीको हिरासतमा छन् ।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्