स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइयाेस् : सांसद पाैडेल
उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए।
काठमाडौं, असार १७ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै ततकाल समाधान गर्न माग गरे।
‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्यो। अब छिटो छरितो हुन्छ भनिएको थियो तर उल्टो भयो,’ उनले भने, ‘ट्रायल पास गरेको वर्ष दिनसम्म लाइसेन्स आउँदैन्। आएकाको पनि फोटो प्रष्ट नभएको र ट्राफिक जाँचमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ।’
उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए।
‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता छ। त्यसैले यसमा बढि दुरुपयोग पनि हुन्छ, पुरानो भएपछि अक्षर पनि स्पष्ट हुँदैन्,’ उनले भने, ‘यातायात विभागमा लइसेन्स छाप्न एउटा मात्र मेसिन छ। जनशक्ति थपेर छिटो छपाई गर्न आग्रह गर्दछु।’









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)