वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह
उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्याउन नहुनेमा जोड दिए।-1717737892.png)
काठमाडौं, असार १७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन्।
निगमको ६६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्याउन नहुनेमा जोड दिए।
‘वायुसेवा निगम लामो इतिहास पार गर्दै आज ६७औं वर्षमा प्रवेश गर्दैछ। यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ, अझै यसको अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक छ,’ मन्त्री तामाङले भने।
वार्षिकोत्सवको अवसरमा आज बिहान प्रभातफेरी गरिएको थियो । निगमको नयाँ सडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी नयाँ सडक, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)