Kathmandu Press

‘कांग्रेस–एमालेका शीर्ष नेताबीचको संवादले आशाको सञ्चार भयो’

‘निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ। संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ,’ उनले भने ।
‘कांग्रेस–एमालेका शीर्ष नेताबीचको संवादले आशाको सञ्चार भयो’

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दल कांग्रेस र एमालेका शीर्ष नेताबीचको संवादले शाको सञ्चार गरेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले दुई प्रमुख दल शीर्ष नेताबीचको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएउँदै सघन संवादले आशाको सञ्चार गरेको बताए।

Hardik ivf

‘चारैतिर निराशा फैलिएका बेला संसद्का दुई ठूला दल नेपाली कांग्रेस तथा नेकपा एमालेका शीर्ष नेताहरूबीच सुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ,’ उनले भने, ‘लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलहरूका बीच संवाद र सहकार्य आवश्यक छ।’

सांसद गिरीले संविधान संशोधनसम्मका निम्ति कांग्रेस र एमालेबीच संवाद र सहकार्य गर्नुपर्ने बताए। उनले निर्वाचन प्रणालीमा सुधार गर्नेलगायत केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको बताउ। 

‘निर्वाचन प्रणालीमा सुधार गर्नेलगायतका केही महत्त्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ। संविधान संशोधनका लागि अन्य दलहरूसँग पनि छलफल गरिनुपर्छ,’ उनले भने ।

लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरूबीचको संवादबाट कोही पनि चिन्तित हुन आवश्यक नरहेको बताउँदै उनले यसलाई सकारात्मक लिन पनि म आग्रह गरे।

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्