बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्री ओलीले देखाए चासो
काठमाडौं, चैत २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपाली श्रमिकका विषयमा चासो देखाएका छन्।
नेपाली श्रमिकको उल्लेख्....

काठमाडौं, चैत २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपाली श्रमिकका विषयमा चासो देखाएका छन्।
नेपाली श्रमिकको उल्लेख्य संख्या रहेका मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिबार प्रधानमन्त्री ओलीले बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग कुराकानी गरेका हुन्।
टेलिफोन कुराकानीमा आफूले कोरोना भाइरसको सङ्क्रमणको त्रास रहेका नेपालीको सुरक्षाप्रति चासो राखेको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत जानकारी दिएका छन्।
उनले बहाराइनबाट प्राप्त सहयोगका लागि पनि आफूले धन्यवाद ज्ञापन गरेको बताएका छन्।
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020











