Kathmandu Press

काठमाडौं प्रेसकर्मी मरासिनी ‘गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार’बाट सम्मानित

पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले काठमाडौं प्रेसका उप–सम्पादक मरासिनीलााई सम्मान गरेको हो।
काठमाडौं प्रेसकर्मी मरासिनी ‘गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार’बाट सम्मानित

काठमाडौं, असार १६ : काठमाडौं प्रेसकर्मी गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्।

पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले काठमाडौं प्रेसका उप–सम्पादक मरासिनीलााई सम्मान गरेको हो। पुरस्कारको राशी ५० हजार छ।

Hardik ivf

एक दशक बढीदेखि पत्रकारितामा क्रियाशिल स्याङ्जाका मरासिनी विशेषगरी युवा, पर्यटन, राजनीतिक र समसामयिक विषयमा काठमाडौं प्रेससँगै राष्टियस्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रुपमा पनि आफ्नो कलम चलाउछन्।

मरासिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटनलगायतका पर्यटनका विविध क्षेत्रको प्रवर्द्धनमा पत्रकारिता मार्फत सहयोग गर्दै आएका छन्।

अनलाइन पत्रकार संघका सचिवसमेत रहेका मरासिनी यसअघि सार्क युथ लिडर अवार्ड, संकटमा सक्रिय पत्रकारिता पुरस्कारलगायतका विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन्।  

आइतबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विन्दुकुमार थापा र सचिव प्रकाश पौडेललगायतले मरासिनीसहित अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरे।

प्रकाशित मिति: १८:०० बजे, आइतबार, असार १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्