Kathmandu Press

अनुमतिविना समाचार डिलिट गरिदिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप: राणा

काठमाडौं, चैत २२ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले अनुमतिविना सर्भरमा छिरेर समाचार डिलिट गर्नु प्रेस स्वतन्त्रत....

अनुमतिविना समाचार डिलिट गरिदिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप: राणा
फाइल

काठमाडौं, चैत २२ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले अनुमतिविना सर्भरमा छिरेर समाचार डिलिट गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भएको बताएका छन्। 

स्वास्थ्य सामग्री खरिदको घोटलामा उप्रधानमन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारका छोराहरु संलग्न रहेको समाचार काटमाडौंप्रेस डटकममा प्रकाशित भएपछि वेबसाइट निर्माण गर्ने कम्पनी सिरान टेकले अनुमतिविना सो समाचार डिलिट गर्नु प्रेसमाथिको हस्तक्षेप भएको राणाले बताएका हुन्।

राणाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप र भ्रष्टाचारको जानकारी प्रधानमन्त्रीलाई भयो, भएन भनेर प्रश्न पनि गरेका छन्। उलने ट्वीटरमा लेखेका छन्, ‘प्रेस स्वतन्त्रता विपरीत अनलाइन पत्रिकामाथि अवरोधको समाचारहरु आएको छ। सरकारका उपप्रधानमन्त्री, मन्त्री, सल्लाहकार, कर्मचारीहरू भ्रष्टाचारमा मुछिएको खबर छ। अनियमितताको दुर्गन्ध प्रधानमन्त्रीज्यूसम्म पुग्यो कि पुगेन?’

राणाले स्वास्थ्य सामग्री कसले ल्याउने भन्ने विवाद नगरी गुणस्तरीय सामग्री तुरुन्तै आयात गर्नु पर्नेमा जोड दिएका छन्। 

राणाले अष्ट्रेलियालगायत अन्य मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले तत्काल योजना बनाउनु पर्ने बताए। यस्तै, भारतबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्वारेन्टाइनका साथै सरकारले खाने र बस्ने उचित प्रबन्ध मिलाउनु पर्ने पनि उनले माग गरेका छन्।
 

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, चैत २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्