रुविनाको ह्याट्रिकमा नेपाल विजयी
काठमाडौं, फागुन १५ : क्याप्टेन रुविना क्षेत्रीले ह्याट्रिक लिएपछि नेपालले कुवेतलाई पराजित गरेको छ ।
आईसीसी महिला टी–२० विश्वकप छनौटअन्....

काठमाडौं, फागुन १५ : क्याप्टेन रुविना क्षेत्रीले ह्याट्रिक लिएपछि नेपालले कुवेतलाई पराजित गरेको छ ।
आईसीसी महिला टी–२० विश्वकप छनौटअन्तर्गत एशिया क्षेत्रको प्रतियोगितामा कुवेतलाई ३० रनले पराजित गरेको हो । एकसय १७ रनको लक्ष्य पछ्याएको कुवेतले राम्रो शुरुआत गरेको थियो । पहिलो विकेट २३ रनमा गुमाएको कुवेतले दोस्रो विकेट गुमाउँदा ६३ रन थियो । तर, त्यसपछि भने लगातार विकेट गुमाएपछि ८६ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि रुविनासँगै करुणा भण्डारीले तीन/तीन विकेट लिए । त्यस्तै, नेरी थापा र कविता कुँवरले एक/एक विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सात विकेटको क्षतिमा एसय १६ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले २८, रुविना क्षेत्रीले २२, नेरी थापाले १९, काँजल श्रेष्ठ १८, रोमा थापा र इन्दु बर्माले सात/सात रन बनाए ।
क्याप्टेन रुविना क्षेत्री प्लेयर अफ द म्याच भइन् ।
नेपाल यो जितसँगै अंक तालीकाको दोस्रो स्थानमा छ । १० अंक नै बटुलेको थाइल्यान्ड रनरेटका आधारमा पहिलो स्थानमा छ । थाइल्यान्ड आफ्नो अन्तिम खेल यूएईसँग खेल्ने छ । यूएईले नराम्ररी पराजित गरेमात्रै नेपाल पहिलो स्थानमा उक्लिएर विश्वकप छनोटको अर्को चरणका लागि छनोट हुने छ ।










