Kathmandu Press

कोरोनाकै कारण रोकियो आठ क्रिकेटरको विवाह

काठमाडाैं, चैत २२ :  विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अधिकांश खेलकुद प्रतियोगिता स्थगित भएका छन्। कोरोनाको रोगथाम तथ....

कोरोनाकै कारण रोकियो आठ क्रिकेटरको विवाह

काठमाडाैं, चैत २२ :  विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अधिकांश खेलकुद प्रतियोगिता स्थगित भएका छन्। कोरोनाको रोगथाम तथा नियन्त्रणका लागि प्रायः मुलुकमा लकडाउन गरिएको छ। लकडाउनका कारण खेलाडीहरु घरमै बसिरहेका छन्। 

कोरोना भाइरसका कारण आठ जना अष्ट्रेलियन क्रिकेटरले आफ्नो विवाह स्थगित गरेका छन्। कोरोनाकै कारण विवाह स्थगित गर्नेमा लेगस्पिनर एडम जम्पा, एन्ड्रयु टाइ, डार्सी सर्ट, ज्याक्सन वर्ड, जेस जोनसन, केटलिन फ्रेट, एलेस्टर म्याक्डरमाट र मिसेल स्वेप्सन छन्।

क्रिकेटको सिजन अप्रिलमा सकिने भएकाले अधिकांश अष्ट्रेलियन क्रिकेटरले आफ्नो विवाह अप्रिलमै गर्ने गरेका छन्। सोही अनुसार उनीहरु सबैले अप्रिलमा विवाहको मिति तय गरेका थिए। तर, कोरोनाका कारण उनीहरूको विवाह प्रभावित बनेको छ।

यसैगरी, अलराउन्डर ग्लेन म्याक्सवेल र फास्ट बलर पाट कमिन्सले पनि आफ्नो विवाहको मिति पर सारेका छन्। यी दुवैले इन्गेजमेन्ट गरिसकेका छन्। म्याक्सवेलले भारतीयमुलकी गर्लफ्रेन्ड विनी रमनसँग र कमिन्सले इंग्ल्याण्डकी बेकी बोस्टनसँग इन्गेजमेन्ट गरेका छन्। अहिले अष्ट्रेलियामा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकाले दुवैले विवाह पछि सारेका हुन्।

‘विषम परिस्थितिका कारण हामीले आफ्नो योजना परिवर्तन गर्नु परेको छ। विवाह सरेको खुशी पनि छु किनभने विवाहका लागि नयाँ योजना बनाउने मौका पाएको छु,’ कमिन्सले क्रिकइन्फो डटकमसँग भनेका छन्, ‘हामी भाग्यमानी छौं किनभने हामीले इन्गेजमेन्ट गरिसकेका छौँ। विश्वास छ अलिहेको अवस्था साम्य हुने वित्तिकै हाम्रो विवाह हुनेछ।’

प्रकाशित मिति: १५:३३ बजे, शनिबार, चैत २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्