Kathmandu Press

डिफेन्डिङ च्याम्पियन इटाली युरोकपको अन्तिम १६बाटै बाहिरियो

शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डसँग २-०ले पराजित हुँदै इटाली अन्तिम १६बाटै बाहिरिएको हो।
डिफेन्डिङ च्याम्पियन इटाली युरोकपको अन्तिम १६बाटै बाहिरियो

काठमाडाैं, असाेज १६ : डिफेन्डिङ च्याम्पियन इटाली जारी युरोकपको अन्तिम १६बाटै बाहिरिएको छ। शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डसँग २-०ले पराजित हुँदै इटाली अन्तिम १६बाटै बाहिरिएको हो।

बलियो इटालीविरुद्ध स्वीट्जरल्यान्डलाई जित दिलाउन रेमो फ्रुलर र रुबेन भार्गासले गोल गरे। उसले दुवै हाफमा समान १ गोल गरेको थियो।

३७औं मिनेटमा फ्रुलरले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १-०मै सकियो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै उसले अग्रता दोब्बर बनायो। ४६औं मि नेटमा उसका भार्गासले गोल गरेका थिए।

त्यसपछि गोल नहँदा स्वीट्जरल्यान्ड विजयी भयो। अब उसले क्वार्टरफाइनलमा इंग्ल्यान्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्ने छ।

प्रकाशित मिति: ०७:३३ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्