Kathmandu Press

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोनाको संक्रमण 

काठमाडौं, चैत २२ : यसअघि मुलुक बाहिरबाट आएका नेपालीहरुमा देखिएको कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक नेपालमै रहेकालाई संक्रमण देखिएको छ।

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोरोनाको संक्रमण 
फाइल

काठमाडौं, चैत २२ : यसअघि मुलुक बाहिरबाट आएका नेपालीहरुमा देखिएको कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक नेपालमै रहेकालाई संक्रमण देखिएको छ।

शनिबार भेटिएका नयाँ तीन जना कोरोनाका संक्रमितमध्ये कैलालीकी ३४ वर्षीय एक स्थानीय महिला रहेकी छिन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीका थप तीन जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको सार्वजनिक गरेको छ। तीमध्ये महिला यसअघि संक्रमण पुष्टि भएका पुरुषको आफन्त भएको खुलेको छ। संक्रमण पुष्टि भएकी महिला पछिल्लो समय मुलुक बाहिर  भ्रमण गरेकी छैनन्। 

यसअघि नेपालमा जतिमा संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु मात्रै थिए। विश्वभर कोरोना संक्रमणको गति हेर्दा विदेशबाट आएकबाट स्थानीयमा सर्नेलाई प्रथम चरण भन्ने गरिएको छ। स्थानीयबाट समुदायमा संक्रमण हुन थालेपछि दोस्रो चरण मानिँदै आएको छ। दोस्रो चरणमा संक्रमणको संख्या ह्वात्तै बढ्छ।

प्रकाशित मिति: १४:३४ बजे, शनिबार, चैत २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्