Kathmandu Press

सचिवालय बैठक बोलाउन अध्यक्षद्वय ओली र प्रचण्डमाथि दबाब

काठमाडाैं, चैत २२ :  सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्। 

<....
सचिवालय बैठक बोलाउन अध्यक्षद्वय ओली र प्रचण्डमाथि दबाब
फाइल

काठमाडाैं, चैत २२ :  सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्। 

सचिवालय सदस्यहरू वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सचिवालयको बैठक बोलाउन माग गरेका हुन्।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको कुरा बाहिर आइरहेको र सरकारको आलोचना भइरहेकाले पार्टीभित्र यी विषयमा छलफल हुनु पर्ने भन्दै वरिष्ठ नेता खनालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी सचिवालय बैठक बोलाउन माग गरेका हुन्। 

यस्तै, सचिवालयका सदस्य तथा प्रवक्ता श्रेष्ठले पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्। `कोरोना भाइरसको महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएका कुरा बाहिर आइरहेका छन्। यसबारे पार्टी स्पष्ट हुनुपर्छ,´ प्रवक्ता श्रेष्ठले काठमाडौंप्रेससँग भने,`मैले दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई टेलिफोन गरेर बैठक बोलाउन माग गरेको छु।´

प्रवक्ता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा पनि सचिवालयको बैठक बोलाउन माग गरेको उल्लेख गरेका छन्। `आवश्यकता पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ। आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ। त्यसैले शिघ्र बैठक बस्ने बिश्वास छ र बस्नै पर्छ,´उनले लेखेका छन्।
 

प्रकाशित मिति: १३:३७ बजे, शनिबार, चैत २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्