Kathmandu Press

लकडाउनमा डान्स सिकाउँदै माधुरी दीक्षित

काठमाडौं, चैत २२ : लकडाउनको समयमा डान्स सिक्न मन छ? तयार हुनुस, बलिउड अभिनेत्री माधुरी दीक्षितले अनलाइनमाफर्त डान्स सिकाउन थालेकी छन्।

बलिउड....

लकडाउनमा डान्स सिकाउँदै माधुरी दीक्षित

काठमाडौं, चैत २२ : लकडाउनको समयमा डान्स सिक्न मन छ? तयार हुनुस, बलिउड अभिनेत्री माधुरी दीक्षितले अनलाइनमाफर्त डान्स सिकाउन थालेकी छन्।

बलिउड डान्स क्विन माधुरीले लकडाउनमा अनलाइनमार्फत निःशुल्क डान्स तालिम दिन थालेकी हुन्। सामाजिक सञ्जालमा बोल्दै उनले लकडाउनको समयमा सबैलाई तनावमुक्त गराउन डान्स सिकाउन सुरु गरेको जानकारी दिएकी छन्।

उनले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘लगभग तीन हप्तादेखि हामी घरमै छौं। यो भनिरहन आवश्यक छैन कि यो घडी कत्ति कठिनले बितिरहेको छ। त्यसैले मैले सोचे कि डान्सद्धारा तपाईसँग थोरै खुशी बाढौं ’

Hardik ivf

यस अभियानको नाम ‘ह्यासट्याग लर्न अ मुभ ह्यासट्याग सेयर अ मुभ’ रहेको छ। अप्रिल १ देखि ३० सम्म हरेक हप्ता दुई वटा डान्स सिकाइनेछ। डान्स वीथ माधुरीडटकममा निःशुल्क डान्स सिक्न पाइन्छ। उनले दुई वटा कुरालाई सम्झाउँदै भनेकी छिन्, ‘घरमै बस्नुस्। सुरक्षित हुन ध्यान दिनुहोस्।’

भारतीय मिडियामा उनले यो समय डान्स अभ्यास गर्न उपयुक्त समय रहेको बताएकी छन्। उनको डान्स कक्षामा सहभागी हुँदा सबैलाई दोहोरो फाइदा हुने जिकिर गरेकी छन्।

पहिलो, डान्स सिकेर फिट रहन सकिन्छ। दोस्रो, अहिले जस्तो माहोल छ, त्यसमा घरमै बस्नु उचित छ। उनले भनेकी छन्, ‘हामीले सकेको जति तपाईहरुको लागि गर्न प्रयासरत छौं। त्यसैले मौकाको फाइदा उठाउँनुस्। डान्स गर्नुस्, फिट रहनुस्, घरमै बस्नुस्।’

यस अभ्यासमा सब्सक्रिप्सन जित्नको लागि अभियानमा भिडियो पनि पठाउन सकिन्छ। साथमा माधुरीसँग भिडियो च्याट गर्ने मौका मिल्नेछ।

यस अभियानमा माधुरीको साथमा बलिउडका कोरियोग्राफर पनि देखिनेछन्। टेरेन्स लुईस, रेमो डिसुजा, पण्डित बिरजु महाराज र सरोज खान उनको साथमा देखिनेछन्।

 

 

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, चैत २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्