Kathmandu Press

बहराइनमा नौ नेपाली कामदारमा कोरोना

काठमाडौं, चैत २२ : बहराइनमा कार्यरत नौ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बहराइनस्थित नेपाली राजदूतवासले नेपालीमा कामदारमा कोरोना भ....

बहराइनमा नौ नेपाली कामदारमा कोरोना
एजेन्सी

काठमाडौं, चैत २२ : बहराइनमा कार्यरत नौ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बहराइनस्थित नेपाली राजदूतवासले नेपालीमा कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएकाे छ।

बहराइनको सल्मावादमा रहेको एउटा क्याम्पमा कोरोनाको संक्रमण भेटिएको नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासका अनुसार, क्याम्पमा नेपालीलगायत विभिन्न देशका कामदार रहेका थिए।

क्याम्पमा रहेका नौ जना नेपाली कामदारमा कोरोना भेटिएको हो। त्यो क्याम्पमा चार सयभन्दा बढी नेपाली कामदार रहेका छन्। यस अघि बहराइनमा तीन जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

कोरोना संक्रमण देखिएका सबै नेपालीको उपचार भइरहेको जनाएकाे छ। क्याम्पमा रहेका अन्य कामदारलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

बहराइनसहित विभिन्न देशमा रहेका नेपालीमा कोरोनाको संक्रमण देखिएको छ। यस अघि क्यानडा, स्पेन, अमेरिका, बेलायत र भारतमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

नेपालमा भने अहिलेसम्म ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा एक जना निको भइसकेका छन भने पाँच जनाको उपचार चलिरहेको छ। अहिलेसम्म नेपालमा एक हजार तीन सय ५६ जनामा परीक्षण गरिएको छ।

प्रकाशित मिति: १२:२० बजे, शनिबार, चैत २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्