Kathmandu Press

अफगानिस्तान ५६ रनमा अलआउट गर्दलै दक्षिण अफ्रिका पहिलाे पटक टी–२० विश्वकपको फाइनलमा

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।
अफगानिस्तान ५६ रनमा अलआउट गर्दलै दक्षिण अफ्रिका पहिलाे पटक टी–२० विश्वकपको फाइनलमा

काठमाडौ, असार १३ : दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए।

Hardik ivf

त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोडेको थियो। अफगानिस्तानमा एक ब्याट्सम्यानले मात्र दाेहाेराे अंकमा स्काेर बनाउन सके।

अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले समान ३ तथा कागिसो रबडा र एनरिच नोर्कियाले समान २ विकेट लिएका थिए।

प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्