Kathmandu Press

लकडाउन एक हप्ता लम्बाउन विज्ञहरूको सरकारलाई सुझाव 

काठमाडौं, चैत्र २२ : कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गरिएको लकडाउन १२ दिनदेखि जारी रहदा विज्ञहरुले अझै एक साता लकडाउन बढाउन सरकारलाई सुझाव दिएक....

लकडाउन एक हप्ता लम्बाउन विज्ञहरूको सरकारलाई सुझाव 

काठमाडौं, चैत्र २२ : कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै गरिएको लकडाउन १२ दिनदेखि जारी रहदा विज्ञहरुले अझै एक साता लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् ।

सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको बुझिएको छ । भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको सरकारले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण र विकास अवधि १४ दिनपछि मात्र देखिने हुनाले यो समयमा नेपाल छिरेकाहरुको नमुना परीक्षण रिपोर्टको अध्ययन नगरी लकडाउन खोल्दा जोखिम बढ्नेमा विज्ञहरु एकमत देखिएका छन् ।

क्वारेनटाइनमा रहेका नेपालीको नमुना परीक्षण र सीमानाकाबाट नेपाल छिरेका व्यक्तिको स्वास्थ्य अवस्था अध्ययनपछि मात्र लकडाउन खुलाउन उपयुक्त हुनसक्नेबारे सरकारलाई सुझाव दिने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: ०९:१४ बजे, शनिबार, चैत २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्