अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य
टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो।काठमाडौं, असार १३ : जारी आईसिसी टी २० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए।
अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्। अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।
प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
आईपिएल अक्सन : अर्शादीप र चहल पञ्जाबमा आबद्ध हुँदा केएल राहुल दिल्लीमाआइतबार, मंसिर ९, २०८१
ऋषव पन्त बने आईपिएल इतिहासकै महँगा खेलाडीआइतबार, मंसिर ९, २०८१
क्रिकेट खेलाडीलाई नेपाली कांग्रेस स्याङ्जाले गर्यो गदसहित सम्मानआइतबार, मंसिर ९, २०८१