Kathmandu Press

बेल्जियम युरोकपको नकआउट चरणमा प्रवेश 

बेल्जियम समूह ई को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो । स्लोभाकिया र युक्रेनको पनि समान चार अंक भएपनि रोमानिया र बेल्जियम गोलअन्तरमा शीर्ष दुईमा रहे ।
बेल्जियम युरोकपको नकआउट चरणमा प्रवेश 

काठमाडौं, असार १३ : बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्टटगार्ट एरेनामा बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियम समूह ई को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो । स्लोभाकिया र युक्रेनको पनि समान चार अंक भएपनि रोमानिया र बेल्जियम गोलअन्तरमा शीर्ष दुईमा रहे । यो सँगै रोमानिया युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

Hardik ivf

ड्यूश बैंक पार्कम बुधबार राति सम्पन्न खेलमा स्लोभाकियालाई १–१ गोलको बराबरीमा रोक्दै रोमानिया नकआउट चरणमा प्रवेश गरेको हो। खेलको २४औं मिनेटमा जुराज कुक्काको पासमा ओन्द्रेज डुडाले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३७औं मिनेटमा रजवान मारिनले गोल गर्दै रोमानियालाई खेलमा फर्काए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।

त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे। समूह ई मा रोमानियाले तीन खेलबाट चार अंक जोड्यो। बेल्जियम, स्लोभाकिया र युक्रेनको समान चार अंक भएपनि रोमानिया गोलअन्तरमा शीर्ष स्थानमा रह्यो। 
 

प्रकाशित मिति: ०८:२१ बजे, बिहीबार, असार १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्