Kathmandu Press

जुडोकी मनीताले पेरिस ओलम्पिक खेल्ने

मनिताले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। २५ वर्षीया मनिता १२औं र १३औं सागकी रजत विजेता हुन्।
जुडोकी मनीताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं, असार १२ : जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले यसै वर्ष आयोजना हुने पेरिस ओलम्पिक खेल्ने भएकी छन्। मनिताले वाइल्ड कार्डामार्फत ओलम्पिक खेल्न लागेकी हुन्।

मनिताले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। २५ वर्षीया मनिता १२औं र १३औं सागकी रजत विजेता हुन्।

Hardik ivf

मनितासँग १८औं र १९औं एसियन गेम्स खेलेको अनुभव पनि छ। ओलम्पिकको तयारीका लागि मनिताले जापान, चाइनिज ताइपेइ, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन्।

नेपालबाट ओलम्पिक खेल्ने छैठौं जुडो खेलाडी मनिता राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा छिन्।

ओलम्पिक खेल्ने पक्का भएपछि निके खुशी लागेको बताउँदै उनले  उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्ने बताएकी छिन्।

पेरिस ओलम्पिक खेल्ने ७ नेपाली खेलाडीको टुंगो लागिसकेको छ। जसमा पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका श्यान्टू श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल छन्।

श्यान्टु भने छनोट चरण पार गर्दै ओलम्पिकका लागि छनोट भएका हुन् भने बाँकी वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेका हुन्।

 

प्रकाशित मिति: २०:१५ बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्